नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४१२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५६ हजार ६४४ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय ३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।