राष्ट्रपतिसमक्ष सरकारले बुझायो काम र उपलब्धिसहितको प्रतिवेदन
प्रकासित मिति : २०७७ पुस २३, बिहीबार १६:००
प्रकासित समय : १६:००
काठमाडौ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन व्यवस्थापन तथा संचालन ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६र०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।