सुर्खेतको गुर्भाकोटमा बस भेरीमा खस्यो

सुर्खेत, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ। 

जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे भुल्केस्थित भेरी नदीमा खसेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।प्रहरीका अनुसार अहिलेसम्म १ जनाको शव भेटिएको छ ।

१ जना घाइतेको उद्धार गरिएको छ ।घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ।