उच्च शिक्षामा सनातन हिन्दु दर्शनको आवश्यकता

वास्तवमा हिन्दु दर्शनमा भागवत गीता आफैमा मूलतस् स्वयं व्यापक छ । जसलाई विश्वका अधिकाँश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्य महाभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । हिन्दु धर्मग्रन्थले भनेको छ हिन्दु भन्नाले भगवान र उहाँकै अंश राजा – इन्द्र, पवन, यम, सुर्य, अग्नि, बरुण, चन्द्र र कुवेर यी आठ अंशलाई मानिन्छ । जहाँ वेद, गुरु, गायत्री, गीता, गाई आदिले पून्र जन्ममा विश्वास राख्नु लाई हिन्दु भन्ने गरिन्छ । वास्तवमा हिन्दु भई जन्म लिनु केवल संयोग मात्र नभई पूर्व जन्मको संस्कार र भगवानको विशेष अनुकम्पा हो । जन्म लिनु र मृत्यु हुनु पनि भगवानको ईच्छा हो । सृष्टि सम्हार र सम्हार गर्ने यस क्रमलाई निरन्तरता प्रदान गर्नै अदृश्य एवम् अद्दैत शक्तिको नाम नै भगवान हो ।

महाभारतले वर्तमान कलियुगको प्रारम्भमा अथवा झन्डै झन्डै ५००० वर्ष अगाडी भगवान कृष्णले आफना मित्र तथा आफन भक्त अर्जुनलाई वताएको कथा कहानी नै भागवत गिता हो । जसको महिमा निकै आवश्यक र गर्भिलो बनेको इतिहास पाईन्छ । त्यसरी नै भगवान कृष्णका ती महान कुराकानी तथा उहाँहरुको वार्तालाप मानव जगतमामा मानवलाई महान दर्शनका रुपमा देखापरेको छ । अर्कातिर यो धार्मिक वार्तालापका रुपमा पनि देखापरेको छ । यो वार्तालापमा धृर्तराष्टृका एकसय भाई छोरा र उनका भतिजाहरु र पान्डुका छोराहरु बिच भएको कुटुम्बघाति लडाई सुरु हुनु भन्दा ठीक अगाडी भएको उल्लेख छ ।

हामीमा मोक्ष प्राप्ति बाट नै शान्ति तथा आनन्द प्राप्त हुने कुरामा कुनै सन्देह छैन भन्ने आधारहरु हिन्दु धर्मशास्त्रको श्रीकृष्ण जन्माष्टमीको महिमामा उल्लेख छ । यसका लागी मानिसले आत्मा ज्ञान प्राप्त गर्ने काम गर्नु पर्दछ । मोक्ष प्राप्तिका लागी धर्म शास्त्रले निर्धारण गरेका हरेक कर्तव्यको परिपालन गर्नु आवश्यक छ । यहाँ धर्म शब्दको अर्थ नै असल काम तथा कर्तव्य एवम् असल कुराको धारण गर्नुृ हो । सत्कर्ममा लाग्ने, राम्रो कार्य गर्ने, अरुको भलो चिताउने, रिस, डाह तथा ईष्र्याको परित्याग गर्ने कार्य नै सत्कर्म हो । त्यसकारण पनि सनातन वैदिक हिन्द धर्मको स्थान निकै सर्वाेपरि तथा व्यापक भएको प्रमाण हिन्दु दर्शनमा चर्चा छ । जसले संस्कृतिको संरक्षण, स्व कर्तव्यको पालन तथा सदाचारको अनुसरण गरेर समस्त मानव जगतको रक्षा तथा पशु प्राणीको संरक्षण गर्ने हो ।

धर्मशास्त्रको उदेश्य मानव आचरण लाई नियमित र नियन्त्रित गर्नमा निहित रहेको पाईन्छ । धर्म, अर्थ, काम र मोक्ष मध्ये मानव जीवनको परम पुरुषार्थ मोक्ष हो । यस कारण मानिसले मोक्ष प्राप्तिमा आफनो जीवन समर्पित गर्ने कार्यमा लाग्नु आजको कलियुगको आवश्यकता हो । यो आधार जीवित अवस्थामा पनि प्राप्त गर्न सकिन्छ र मृत्युपछि पनि उसले गरेका कर्मको आधारमा सत्गति प्राप्त गर्न सकिने सवालहरु गरुडपुरान जस्ता धर्मशास्त्रमा चर्चा गरिएको छ । प्राचिन समयमा शान्ति तथा आनन्दको निकै अभाव देखिएको थियो रे । हालका मानिसमा दिन प्रतिदिन विक्षिप्तता, आलस्ता, अर्कमण्यता, अहम्ता र घमण्ड, म को भावना एवम् पैसामुखी स्वभावको फलस्वरुप विश्वका मानवमा अशान्तिको वातावरण बढ्दै गएका आधारहरु हामीले दिन प्रतिदिन सञ्चार माध्यममा सुनेका छौं ।

“यज्ञदानतपस् कर्म न त्याज्यं कार्यमेव तत्”

श्रीमदभागवत गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ कि यज्ञ, दान तथा तपस्या यी ३ कर्म कुनै समयमा पनि मानिसले छोड्ने काम गर्नु हुदैन । मानिसले आफनो कर्तव्य सम्झिएर शास्त्रको आज्ञा लाई परिपालन गर्नु आवश्यक छ । शास्त्रमा तप अन्र्तगत व्रतको महिमा वताईएको छ । सामान्यतया व्रत, तीर्थ, देउ, धाम, कर्म, काण्ड तथा पुजाआजा गर्नाले र आराधनाको फलस्वरुप व्रत बस्नाले आयु लामो हुने, सुख प्राप्त गर्ने, शान्ति तथा समृद्धिबाट ओतप्रोत समेत हुने चर्चा गरिएको छ ।

आफनो श्रद्दा तथा भक्तिले जसरी व्रत गरे पनि हुन्छ । अशक्त, बृद्द, बालक तथा रोगीलाई शास्त्रले छुट समेत दिएको छ । द्दापर युगमा भृगु मुनिले ऋषिसंग पृथ्वीलाई लक्ष गरेर भन्नु भएको छ “कर्मभूमिरियम्” अर्थात यो सृष्टिमा कर्म नै प्रधान क्षेत्र हो । यो अखिल ब्राह्माण्ड संसार नै कर्मको आधारमा खडा छ । अरु त के स्वयम भगवान पनि त कर्मशिल रहनु भएको छ । यस प्रकार राम्रो संग विचार गर्ने हो भने स्पष्ट थाह छ कि सबै जीव कर्म क्षेत्रको किरा हो । सबैले सुत्ने देखि लिएर स्नान गर्ने, भोजन गर्ने, पाठ तथा पुजा गर्ने, कर्मकाण्ड गर्ने र नित्यकर्म, नैमित्तिक कर्म, काम्यकर्म गर्नका लागी क्रिया रहेका छन् । ति सबै कर्मका अंग हुन् ।

यो त जीवनको एकमात्र उद्देश्य हो । कर्म गरेर मात्र मन शुद्द हुन्छ । जसको विश्वव्यापी साक्षात् सच्चिदानन्द प्रभुको प्राप्ति मात्रको हो । उनको अवलम्वन तथा उनको स्मरण बाट मात्र मूक्ति प्राप्त मार्गमा लाग्न सकिन्छ । हामी वैदिक सनातन संस्कृतिका अनुयायी भएकोले पनि हामी बाट वैदिक संस्कृतिको संरक्षण तथा संवद्र्दन र प्रतिपादित कर्मको अनुरण एवम् सदाचारको परिपालन गर्नु हाम्रो दायित्व हो । हरेक आधारको पछि लाग्नु पहिले नै त्यसको बारेमा सहि सलामत जांच बुझ र पहिचान गर्नु पर्दछ । तर २१ औं शताब्दिका मानिसको बुद्धि भ्रष्ट भएर हो वा पश्चिमी दर्शनको प्रभाव हो किन किन सकारात्मक परिणाम प्राप्त भएको देखिदैन । जसको पनि विधि, विधान हुन्छ र रहन्छ । हामीमा आफनो सम्प्रदाय मान्नेको जत्था बनाएर आफु सर्वमान्य हुने आधारले जरा गाडेको छ । जसबाट सम्प्रदायिक भावना तथा अरुले मानेको धर्म लाई होच्याउने हाडबाजी तथा कर्म चलेको छ ।

आज संसारमा यति धेरे विकास भएको छ तर पनि शान्ति, सौहाद्रता, दया, मैत्री र सदभावहरु समाज बाट बिलाएर जाने अवस्थामा रहेको छ । यसो हुनुमा सनातन धर्म प्रतिको अविश्वको संस्कार तथा संस्कृतिको बृद्धि भएको छ । हामी नेपालीमा पनि यो संस्कृतिको विकास भएको देखिन्छ ।वैदिक सनातन संस्कृतिको अनुसरण तथा त्यसले वताए अनुसार कर्मको परिपालन गर्ने काममा लाग्ने काम हामीहरु सचेत नागरिकको हो । संसारमा रहेका वैदिक सनातन धर्मलम्वी आर्यहरु आफनो धर्म, सदाचार तथा संस्कारका बारेमा अनविज्ञ भएकाले र आफना सनातन दर्शनको सहि सलामत व्याख्या तथा विष्लेषण नगरेकाले पनि वैदिक सनातन धर्म ह्रस भएको हो । जसको संरक्षण तथा संवद्र्दन गर्न ॐ कार लाई मूलमन्त्र मान्नेहरुको चेतना जगाउने काममा लाग्ने काम हाम्रो हो ।

यसका लागी हामीले हाम्रा बाबा, आमा, काका काकी, दाजुभाई, दिदि बहिनी, गुरु पुरोहित, गाई लगायतको सम्मान गरेर सबै बाट आर्शिवाद लिने काम गर्नु नै यसको परिपालन तथा हाम्रो कर्तव्य हुन जान्छ । आजका मानिसमा यो धारणाको कमि भएको कारण नै दिन दहाडै हत्या आतंक, बलत्कार चोरी, डकैति तथा अभाव अनि गरिबी र आलस्यता बढेको हो । हामीले हाम्रो कर्तव्य के हो ? हामी को हो ? हामीले के गर्न हुन्छ ? तथा के गर्न हुदैन ? भन्ने सवाल हामीमा हुनु पर्दछ ।

आज विज्ञान लाई चुनौति दिईरहेको यो कोभिड १९ पनि यसैको फलस्वरुप आएको हो । हामीले हाम्रो अस्तित्व लाई सहज रुपमा बुझ्न नसकेको कारण आजको संसार निकै जटिल मोडमा फसेको छ । विज्ञानको खोजी गर्यो तर ज्ञानको खोजी गर्न सकेन । किन आज हामीमा अहमता, घमण्ड, अहंकारीपन, धन तथा सम्पत्तिमा लिप्सा सिद्द भएको छ । यसको अरुबाट होईन कि धर्म तथा संस्कार बाट मात्र प्राप्त गर्न सकिन्छ । हामी विज्ञानको खोजी संगसंगै ज्ञानको खोजी गराउने माध्यम पनि त सनातन धर्म हो । अग्रजको आदर तथा साना लाई मायाको भावना लिएर अगाडी बढाउनु पर्दछ । हामीमा आफन्त तथा ईष्ट मित्रमा आदर भाव गर्न थाल्नु पर्दछ ।

अन्तमा आजको मानवको अस्तित्व राख्नको लागी पनि सनातन धर्म प्रति हाम्रो ध्यान जानु आवश्यक छ । यस खालको सनातन धर्मलाई विद्यालय तह देखि उच्च शिक्षाको तहमा पाठ्यक्रम तयार गरेर लागु गर्नु पर्ने देखिन्छ । किनकि हिजाका दिनमा निम्न माध्यामिक कक्षा ६, ७ र ८ मा नैतिक शिक्षा, संस्कृत शिक्षा गरेर ५० ÷५० पूर्णाङ्क समावेश गरेर शिक्षा प्रदान गर्ने व्यवस्था थियो । त्यो पनि २०५८ तिर बाट द्धन्द्धको कारण हरायो । पछि वि.स. २०६२ ÷०६३ पछि त नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा पश्चात ती विषयहरु लोप भएर गए ।

जसको फलस्वरुप आजका मानिसमा नैतिकता, सच्चरित्रता, आत्मीयता, कर्मशिलता, आदरपन, सहयोगीपन र धार्मीकपनमा कमि आएको छ । कर्म गरेर फलको प्राप्त गर्ने आशा तथा अभिलाष पनि हराएको छ । कर्मशिल मानवीय जनशक्तिको उत्पादनका लागि पनि उच्च शिक्षाको पाठ्यक्रममा सनातन धर्मको समावेश गर्नु पर्दछ ।

लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन शिक्षण समिति प्रमुख हुनुहुन्छ ।