राष्ट्रिय सभा बैठक बस्दै
प्रकासित मिति : २०७७ पुस २३, बिहीबार १२:०६
प्रकासित समय : १२:०६
काठमाडौँ, आज अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि १७ गतेबाट सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्न लागेको हो।
आजको बैठकमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘मधेसी आयोगको वार्षिक प्रतिवेदन, २०७६र०७७’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका तर्फबाट राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ।