ट्रम्पका समर्थकहरूको झडपमा ४ जनाको मृत्यु
काठमाडौँ, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।
ट्रम्पका हिंसक समर्थकहरूले वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा पसेर हङ्गामा गरेका थिए । घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। उनहिरु चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।तर, हाल ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो। उक्त बैठकमा राष्ट्रपति निर्वाचित जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ।