अनेरास्ववियू सुर्खेतको जिल्ला भेला सम्पन्न

सुर्खेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुर्खेतको जिल्ला भेला सम्पन्न भएको छ । बुधवार सुर्खेतको बिरेन्द्रनगरमा सम्पुर्ण प्रगतिशिल देशभक्त बामपन्थी तथा जनवादी विद्यार्थीहरु एकजुट होऔँ भन्ने मुल नाराका साथ अनेरास्ववियू जिल्ला भेला सम्पन्न भएको हो । जिल्ला भेलाको सभाध्यक्ष धुपेन्द्र शाहीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले गरेका थिए । कार्यक्रमलाई संम्बोधन गर्दै मन्त्री थापाले राजनिती सहि भए राज्य सहि तरिकाले अघि बढ्ने र देशले बिकासमा अग्रगामी छलाङमार्ने बताए । कार्यक्रममा बोल्ने क्रममा थापाले अंगेजी शब्दको प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको राजनितीमा वेटर पर्सन भनेर प्रसंशा गरेका छन् । प्रचण्ड-माधब पक्षले नेपालको राजनितीलाई गलत दिशातिर धकेलेको बताए ।

नेकपाका प्रबक्ता नारायनकाजीले जनयुद्धनै नगरेको आरोप लगाउदै थापाले डिस्ट्रोईसनको संज्ञा दिएका छन् । प्रचण्डले पारिवारिक राजनिती गरिरहेको र परिवारलाई नेपाली राजनितीमा सफल पनि बनाएको दाबि गरे । कथा र उखान टुक्कामा आफ्ना तर्क दिदै थापाले भारतका अब्दुल कलामको बाल्यकाल र भारतको राजनितीमा अब्दुलले देखाएको सपनाको बारेमा अबगत गराएका थिए । प्रचण्डलाई उठ्दा प्रधानमन्त्री र सुत्दा पार्टि अध्यक्ष चाहियो त्यहि भएर यस्तो परिस्थितीको श्रृजना भएको जिकिर गरे ।

प्रचण्डलाई गुच्चा खेल्दाको साथी बादलले त छोडेर गए मत के हुँ उनले भने । ओलीले नेपाल र नेपालीको लागि कालापानी , लिपुलेक , लिम्पीयाधुरा सहितको चुच्चे नक्सा पास गरे नेपालमा अब सुरुङ युगको स्थापना भएको जिकिर गर्दै यदि आन्दोलन गर्ने भए माधब प्रचण्ड बिप्लव नेकपामा प्रबेश गर्न अनुरोध गरे । कार्यक्रममा बोल्ने अधिकांश नेता कार्यकर्ताले सुर्खेतको शिक्षामा भएको लार्पवाही र गुणस्तरिय शिक्षाको बिषयमा अनेरास्ववियू सधै लागिपर्ने बताएका छन् । बिगत केहि समयदेखि नेकपा दुई समुहमा बिभाजित भएर शित युद्ध गरिरहेका छन् ।