नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस २२, बुधबार १६:४०
प्रकासित समय : १६:४०
काठमाडौँ, नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५६ हजार १६१ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ९९ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।