सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराको राजीनामा

धनगढी, सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्।

ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन्। बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए ।

ओली समूहमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।