सत्ताको मातले ओलीलाई बिगार्दो रहेछः माधव नेपाल
प्रकासित मिति : २०७७ पुस २२, बुधबार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौं, नेकपा अध्यक्ष माधव कुमार नेपालले सत्ताको मातले मान्छेलाई बिगार्ने जनाएका छन् ।
नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यस्तो जनाएका हुन् ।
ओलीले नेकपाका नेतालाई तह लगाएको हिसावले कसैले पनि सोच्न नहुने भन्दै नेपालले भने, ‘नेकपाका नेतालाई तह लगाएका होलान दनक दिएको भन्ने नठान्नुहोला। सत्ताको मात खतरनाक हुँदो रहेछ।
सत्ताले मान्छेलाई बिगार्दो रहेछ, उहाँले यो सिंगो व्यवस्था, गणतन्त्रमाथि प्रहार गर्नु भएको छ।प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाट काम गर्न दिइएन भन्नू धोन्सात्मक प्रवृत्ति रहेको उनको भनाई छ ।