संसद विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते
प्रकासित मिति : २०७७ पुस २२, बुधबार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौं, प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो।
आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि बृहत पूर्ण इजलासको माग गरेका थिए । संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गर्दै पूर्ण इजलासको माग गरेका हुन् ।
यस्तै, न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने भन्दै चौतर्फि विरोध भएपछि कार्कीले यस्तो घोषणा गरेका हुन् ।