ओली राजनीतिका क्यान्सर हुन्ः बाबुराम भट्टराई

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको क्यान्सर भएको टिप्पणी गरेका छन् । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा भट्टराईले व्यवस्था विरुद्धको षड्यन्त्रको मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकोसमेत बताए ।

भट्टराईले प्रधानमन्त्री ओली राजनीति क्यान्सर भएको भन्दै नेकपाले कित्ता स्पस्ट गर्नुपर्ने बताए । ‘केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नुभा छ । फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौं कि भन्ने डर छ । केपी ओली त क्यान्सर हुन् । त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ । हामीहरुलाई पनि खाने खतरा रहन्छ । संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस्’, उनले भने ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको क्यान्सर भएको टिप्पणी गरेका छन् ।नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा भट्टराईले व्यवस्था विरुद्धको षड्यन्त्रको मतियार बनेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकोसमेत बताए ।