मन्त्री बुढाले पनि त्यागे ओली समुह

सुर्खेत, नेकपा विभाजनपछि केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली समूह त्यागेका छन् । कर्णाली सरकारमा प्रचण्ड–माधव समूह बहुमतमा छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्री बुढाले आफु प्रचण्ड–माधव समूहमा प्रवेश गरेको जानकारी दिएका छन् । डोल्पावासीको माया र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न आफु प्रचण्ड–माधव समूहमा प्रवेश गर्न बाध्य भएको उनले विज्ञप्तीमा बताएका छन् ।तर मन्त्री पद जोगाउन बुढाले ओली समूह त्यागेको भन्ने आरोप लागेको छ ।

साथै केही दिनअघि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पनि ओली समूह त्यागेका थिए । अब कर्णाली सरकारमा पनि प्रचण्ड–माधव समूह बहुमतमा पुगेको छ । नेकपा विभाजनपछि मन्त्री तथा नेताहरु एकपछि अर्को गर्दै समूह परिबर्तन गर्दै आईरहेका छन् ।