नेपालमा थप ५२२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५५ हजार ६६६ स‌ंक्रमणमुक्त भएका छन् ।

आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ९३ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।