ओलीले विचार नगरी बोल्दा झोक्रिने अवस्था आयोः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विचार नगरि बोल्दा आफूहरुले शिर निहुर्याएर झोक्रिने अवस्था आएको जनाएका छन् ।

जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा नेपालले यस्तो बताएका हुन् । साथै, उनले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको बताएका छन्।

हामीले नै बोकेर ल्याएको नेता मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको नेपालले भने ।ओलीमा आफ्ना विरोधीहरुलाई सिध्याउन चाहने प्रवृत्ति रहेको उनको भनाई छ ।