ओलीको गल्तिलाई अदालतले सच्याउनुपर्छः रामचन्द्र पौडेल
काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन् ।
संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने अदालतमा भएका मुद्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलेको छ, आफूहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्नुपर्छ ।
संविधान निर्माणका क्रममा भएका बहस छलफल स्मरण गर्दै कांग्रेस नेता पौडेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । साथै, उनले भने, ‘केपी शर्मा ओलीको गल्तिलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्छ ।
नेकपाको झण्डै–झण्डै दुई तिहाइको अवस्थामा रहेको संसद विघटन हुँदा कांग्रेसका लागि अवसर हुने सोच्नु स्वभाविक भएको पनि उनको भनाई छ ।