ओली गणतन्त्र र संघीयता विरोधी पात्र हुनः योगेश भट्टराई

काठमाडौँ, नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओली पश्चगमन, गणतन्त्र र संघीयताविरोधीको प्रतिनिधि पात्र भएको आरोप लगाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समुहले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

सो क्रममा उनले पुर्व एमाले र पुर्व माओबादी ध्रुबिकृत हुने कुराले मुलुकलाई शान्ती सम्झौता अगाडिको द्वन्द्वको अवस्थामा पुर्याउने र समाजलाई पछाडी धकेल्ने बताएका छन् ।

यस्तै उनले प्रदेश बिघटन र संकटकाल घोषणा गरिए लोकतान्त्रिक अधिकार कुण्ठित हुने र तत्कालीन राजा ज्ञानेन्द्र शाह प्रवृतिको पुनरावृत्ति हुने खतरा पनि औल्याएका छन् ।