ओलीको कारण देशमा विदेशीलाई चलखेल गर्ने वातावरण बन्योः उपेन्द्र यादव

काठमाडौं, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको कारण देशमा विदेशी शक्तिको चलखेल गर्ने वातावरण बनेको बताएका छन् ।

जसपाले मंगलबार आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको समेत बताएका छन् ।असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको छ ।

विदेशी शक्ति चलखेल गर्ने वातावरण बनेको छ । अहिलेको शासन व्यवस्था नै उल्टने हो कि भन्ने शंका उब्जिएको छ । यादवले भने ।प्रधानमन्त्री ओलीलाई संविधानले संसद विघटन गर्ने अधिकार नदिएको भन्दै अध्यक्ष यादवले स्वैच्छाचारी रुपमा पार्टीको आन्तरिक कलहका कारण संसद विघटन गर्न नपाइने बताए।