भारतीय वन रक्षकबाट नेपाली युवकमाथि गोली प्रहार
कञ्चनपुर, भारतीय वन रक्षकबाट कञ्चनपुरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ ६ः३० बजेतिर दोधाराचाँदनी नगरालिका–१ चाँदनीका नरेश सुनारमाथि गोली प्रहार भएको छ । घरयासी कामका लागि भारतीय बजारबाट घर फर्किने क्रममा भारतीय वन रक्षकबाट नरेशमाथि गोली प्रहार भएको परिवारले जनाएका छन् । तर, प्रहरीले भने काठ काट्न गएका बेला भारतीय वन रक्षकबाट गोली प्रहार भएको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले भारतीय जंगलमा काठ काट्न गएको अवस्थामा भारतीय वन रक्षबाट गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । नरेशसँगै गएका अर्का स्थानीय बब्लु चन्दसँग सोधपुछ गर्दा आरा लगेर काठ काट्न गएको प्रहरी समक्ष वयान दिएको प्रवक्ता थापाले बताए ।
उनको दुवै खुट्टामा गोली छर्रा लागेका छ । घाइते सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ । महाकाली अस्पतालले नरेशको अवस्था खतरामुक्त रहेको जनाएको छ । डा। दुर्गेश चौधरीले छर्राबाट घाइतेको दायाँ खुट्टाको नसामा चोट लागेको छ । ‘पछि इन्फ्याक्सन हुन्छ की रु भन्ने चिन्ता हो, ‘उनले भने, ‘अहिलेका लागि स्वास्थ्य ठिकै छ ।’ सल्यक्रिया गर्दा पनि ५ प्रतिशत मात्रै सफलता हुने उनको बताए ।
घाइते नरेशले भने आफु घरसायी समान किनेर भारतीय जंगल भएर घर फर्किरहेको अवस्थामा जंगलमा भारतीय बर्दीधारीबाट गोली प्रहार गरिएको दाबी गरेका छन् ।‘म भारतको गडीगोठबाट दालचामल किनेर साइकलमा घर फर्किदै थिए, ‘उनले भने, ‘भारतीय जंगलमा कसैले रुख काटेको रहेछ, म त्यहाँ पुगे, त्यहाँ केही बर्दिधारी प्रहरीजस्ता मान्छे थिए, यो रुख कसले काटेको हो भनेर मलाई सोधे । मैले मलाई थाहा छैन, उनीहरुले एक लाठी हानेपछि म भागे, केही पर पुग्द पटका पटके जस्तो आवाज आयो, एक छर्रा मेरै छुट्टामा लागेर म त्यही ढले, घरमा फोन गरेर घरबाट काका आएर अस्पताल लगे ।
घाइते नरेशका बाबु चन्नरी सुनारले घरसायी कामकाजका लागि भारतमै जानुपर्ने बाध्यताबाट छोरामाथि भारतीय पक्षले गोली प्रहार गरेको बताए । ‘हामी गरीबका लागि रोजगारी र समान किन्न भारतमै जानुपर्छ, ‘उनले भने, ‘देशको अवस्थाले सीमावर्ती गरीबले मर्नुपर्ने बाध्यता छ । भाग्यले छोरो बाच्यो । घुडाभन्दा माथि लागेको भए के हुन्थ्यो ?घटनाको सबै क्षेत्रबाट भत्र्सना गरिएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य डा। दिपक प्रकास भट्टले नेपाली नागरिकमाथि गोली प्रहार घटनाको सत्यतथ्य छानबिन गरेर दोष्ीा भारतीय सुरक्षाकर्मीमाथि कारबाहीको माग राखेका छन् ।
नेकपा दोधाराचाँदनी इन्चार्ज भरत भट्टले नेपालीमाथिको भारतीय ज्यादतीको उपज भएको बताउँदै घाइतको उपचार र दोषीउपर कारबाहीको माग अघि सारका छन् । स्थानीयले समेत घटनाको भत्र्सना गरेका छन् । सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइरहेको छ । घाइतेको अवस्था बुझ्न विभिन्न दलका नेता तथा कार्यकर्ता अस्पताल पुगेका छन् ।