काठमाडौंको वायु प्रदूषण खतराको घन्टी नजिक

काठमाडौँ, सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन ।

संसारकै प्रमुख सहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आइक्युएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको छ ।

आज देशभरको मौसममा बदली भएर हल्का वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौंको आकाशलाई तुवाँलोले ढाकेको छ । बिहीबारबाट मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।