पार्टिमा भएको गुटको अन्त्य गछौँः मन्त्री थापा

सुर्खेत, नेपाल सरकारका खानेपानी मन्त्री मनिचन्द्र थापाले पार्टिमा भएको गुटबन्दीको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुर्खेतमा संन्चारकर्मीसंग कुरागर्दै मन्त्री थापाले पार्टिमा भएको गुटगत राजनितीको जसरी भएपनि अन्त्य हुने बताएका छन् । नेपालको बर्तमान राजनितीको बिषयमा जानकारी दिदै मन्त्री थापाले प्रघानमन्त्री के पि शर्मा ओलीले गरेको संसद बिगटनको बचाउ गर्दै उक्त कदमले देशलाई निकास र स्थायित्व दिने बताएका छन् । सो कदम निरंकुश नभएर अग्रगामि भएको बताए ।

देशलाई बिकासतर्फ उन्मुख गराउन र स्थिरता कायम गर्नको लागि तोकिएको मितिमा मध्यावधि चुनावमा जानुको बिकल्प अरु नरहेको बताए । प्रजातान्त्रीक प्रणालीले पनि जनतामै जाने कुरा उल्लेख गरेको जानकारी दिए । मन्त्री थापाले बिदेशी तत्वका कारण नेकपा फुटको संघारमा पुगेको र आउदो चुनाबसम्म प्रचण्ड-नेपाल पक्षसंग सहकार्य हुने जानकारी दिएका छन् । नेकपा बिधिवत रुपमा नफुटेको पनि बताए ।

कर्णाली प्रदेशको ईन्चार्ज आफु स्थायी रुपमा नभएको उद्धिढ गर्दै थापाले केवल संयोजनको रुपमा मात्रै काम गरेको वताए । आफु खानेपानि मन्त्री भएलगतै त्यस्तो खासै योजना नबनाएको र प्रदेशका मन्त्रालयसंग सहकार्य गरेर अघि बढ्ने बताए । प्रदेश तहका सरकार फेरबदलको बारेमा कुनै छलफल नै नभएको पनि मन्त्री थापाले बताए । यदि प्रधानमन्त्री ओलीले पार्टि फुटेको घोषणा गरे के हुन्छ ? प्रदेश सरकारबारे अहिले केहि भन्न सकिदैन ।

खानेपानि मन्त्री मनिचन्द्र थापा अगुवा कार्यकर्ता भेटघाट तथा कार्यकर्ता प्रशिक्षणका लागि जाजरकोट जाने तयारी रहेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेलगतै सतारुढ दल नेकपा दुईभागमा बिभाजन भएको थियो । पुर्ब पचण्ड पक्षमा रहेका मन्त्री थापाले गुट परिबर्तन गर्दै ओली पक्षमा आएका हुन । मन्त्री थापा खानेपानी मन्त्री हुनुभन्दा पहिले सो मन्त्रालय प्रचण्ड- नेपाल पक्षकी बिना मगरले समाल्दै आएकी थिइन् ।