क्रान्तिकारी माओवादीको जिल्ला भेला सम्पन्न

जाजरकोट, मोहन वैद्य(किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को जिल्ला भेला सम्पन्न भएको छ । आज जाजरकोटमा क्रान्तिकारी माओवादीले प्रथम जिल्ला भेला सम्पन्न गरेको हो। उक्त जिल्ला भेलाले जिल्ला कमिटी सेक्रेटरीमा राजन बुढालाई सर्वसम्मत मनोनीत गरेको छ।नेपालको कम्युनिस्ट आन्दोलनलाई निरंतरता दिने र पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्थाको सुत्रपात गर्ने कुरामा प्रकाश ज्वालाले अभिव्यक्ति प्रस्तुत गरेका छन ।भेलामा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा रुकुम,सल्यान, जाजरकोटका जिल्ला इन्चार्ज प्रकाश ज्वालाको प्रमुख उपस्थिति रहेको थियो ।

भेलामा सम्बोधन गर्दै नेता ज्वालाले नेपालको कम्युनिस्ट आन्दोलनलाई निरंतरता दिने र पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्थाको सुत्रपात गरिने बताए ।उनले वर्तमान राजनीतिक अस्थिरता समाधान गर्न र ओलि सरकारले गरेको संविधानको मर्ममाथिको प्रहारको विरुद्धमा जनएकतामा जोड दिनुपर्ने बताए ।