पत्नीलाई मन्त्री नबनाएपछि ओलीसँग रिसाए वामदेव

काठमाण्डौ, आफू कुनै गुटमा नलाग्ने र विभाजित भैसकेको पार्टी एकताको लागि अभियान संचालन गर्ने बताउंदै आएका पूर्व गृहमन्त्री वामदेव गौतमको भित्री उद्धेश्य पर्दा पछाडि बसेर प्रधानमन्त्री केपी ओलीको बदनाम गर्दै आफूलाई गुटबाट आफूलाई सर्वसम्मत प्रधानमन्त्री बनाउने प्रयास रहेको स्पष्ट भएको छ । योसंगै उनले संचालन गर्ने भनेको एकता अभियानको नियतमाथि शुरुमै प्रश्न चिन्ह खडा भएको छ ।

पार्टी विभाजनपछि गौतम दुवै गुटका वैठक र भेलाहरुमा सहभागि भएका छैनन् । साथै उनले कुनै गुटमा नलाग्ने र पार्टीको एकता अभियान संचालन गर्ने बताइरहेका छन् । स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तार हुंदा आफ्नी पत्नी तुलसा थापालाई मन्त्री बनाइदिने विश्वांसमा गौतम थिए । तर, ओलीले गौतमकी पत्नी थापाको साटो बर्दियाबाट विमला विकलाई उद्योग वाणिज्य तथा आपूर्ती बनाए । ‘एक पटक आफै जसरी पनि मन्त्री बन्ने तुलसाको रहर यसपटक पनि पुरा नभएपछि गौतम फेरि ओली विरोधि कित्तामा पुगेका छन्’ उनी निकट एक नेताले जनतापाटीसंग भने –उहां कुनै पनि हालतमा ओली कित्तामा जानुहुन्न । बरु त्यता जान लागेका कार्यकर्ता पनि एकता अभियानको नाममा केही समय अल्झाउने र विस्तारै ओली विरोधि कित्तामा उभ्याउने रणानीति अनुसार उनले काम गरिरहेका छन् ।

गौतम निकट रहेका प्रायः सबै नेता कार्यकर्ताहरु ओलीको विरुद्ध शुरु गरिएको सडकमा आन्दोलनमा सक्रिय छन् । त्यसमाथि गौतमका सबैभन्दा विश्वांस पात्र मानिएका अखिल नेपाल किसान महासंघका संयोजक हरि पराजुली त आफू मातहतका नेता कार्यकर्तालाई सकेसम्म फकाएर, विभिन्न लोभहरु दिएर र त्यसले नपुगे ‘भविश्यमा ठीक हुदैन’ भन्दै धम्काएर भए पनि सडक आन्दोलन चर्काउन खोजिरहेका छन् । तर, पराजुलीको विवादास्पद र वामदेव वाहेक अरु कसैलाई नगन्ने प्रवृत्तिले महासंघकै घटक संगठनका पदाधिकारीहरु पनि उनलाई साथ दिन हच्किरहेका छन् ।