माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसको आग्रह

काठमाडौं, नेपाली कांग्रेसले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको छ। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यता अध्यावधिक गर्ने मिति परिवर्तन गरी माघ मसान्तसम्म धकेलेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्ने अवधि थप गर्ने निर्णय गरे पनि बैठकले महाधिवेशनका विषयमा कुनै निर्णय नगरेको बताएका छन् ।

यसअघि कांग्रेसले साउनभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो। महाधिवेशनको मिति फागुन ७ नजिक आइसक्दा पनि क्रियाशील सदस्यता कांग्रेसमा टुंगिएको छैन।