खुमलटार पुगे विप्लव पुत्र प्रकाश

काठमाडौं, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाशले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

स्वास्थ्य लाभको कामना गर्न डाक्टरसमेत रहेका प्रकाश सोमबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए । भेटमा आफ्ना बुवाले पठाएको स्वास्थ्यलाभको सन्देश पनि सुनाएको बताइएको छ ।

केही समयदेखि प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ छिन्।