लाइसेन्सको फाराम भर्ने सर्भर बन्द

काठमाडौं, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सर्भर नै बन्द गरिएको छ ।

आज (सोमबार) एक दिनको लागि सर्भर बन्द गरिएको यातायात व्यवस्था विभागले बताएको छ ।कोभिडका कारण गत चैतदेखि बन्द रहँदै आएको लाइसेन्सको नयाँ आवेदन विभागले गत मंगलबारदेखि मात्र खुल्ला गरेको थियो ।

आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।