५० राउन्ड गोलीसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति ५० राउन्ड गोलीसहित पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका झापा मेचीनगर २ का बद्रीहाङ राई नाइन एमएम पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् ।

चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको थियो । राईलाई आवश्यक अनुसन्धानका लागि हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।