उद्योग र श्रममन्त्री धनगढी जाने तयारी
प्रकासित मिति : २०७७ पुस २०, सोमबार १३:२४
प्रकासित समय : १३:२४
धनगढी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर थारु धनगढी जाने भएका छन् । सोमबार दिउँसो ३ः३० बजे दुवै मन्त्री धनगढी जाने उद्योग मन्त्री भट्टका स्वकीय सचिव हितेस ओझाले जानकारी दिए ।
उनका अनुसार साथमा नेकपा एमाले प्रदेश–७ का प्रदेश सह–संयोजक कर्ण थापा पनि जाँदै छन् । आगामी २४ गते काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाने कार्यक्रम रहेको छ ।
त्यसको पूर्व सन्ध्यामा दुई मन्त्री र प्रदेश सह–संयोजक धनगढी जान लागेका हुन् ।