नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
प्रकासित मिति : २०७७ पुस २०, सोमबार १३:१२
प्रकासित समय : १३:१२
काठमाडौँ, नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो ।
आजको बैठकले आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने, नेताहरुको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने जनाइएको छ । आइतबार पनि बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले पाँच दिनभित्र प्रस्ताव तयार पार्नुपर्नेछ ।
बैठकले दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने पनि निर्णय गरेको थियो । संसद विघटनपछि आन्दोलनमा उत्रिएको नेकपाको बहुमत पक्षले ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ ।