गृहमन्त्रीद्वारा थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी
प्रकासित मिति : २०७७ पुस २०, सोमबार १२:३१
प्रकासित समय : १२:३१
भरतपुर, गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।कोभिड–१९ सङ्क्रमणसंँगै निमोनियाका कारण बिरामी परेका थपलियाको अवस्था बुझ्न गृहमन्त्री थापा चितवन मेडिकल कलेज पुगेका हुन् ।
भेटमा गृहमन्त्री थापाले थपलियाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै केहीबेर कुराकानी गरेका थिए । उनले थपलियाको उपचारमा संलग्न चिकित्सकसँग पनि उनको पछिल्ला स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।कोरोना सङ्क्रमण भएको एक हप्तापछि रिपोर्ट नेगेटिभ आए पनि थपलिया एक महिनादेखि अस्पतालमा उपचाररत छन् ।
उनको छातीमा अझै समस्या देखिएकाले अस्पतालमै राखेर उपचार गरिएको छ । गृहमन्त्री थापा आज ओली समूहको नेकपा चितवनले भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका हुन् ।