नागढुंगामा डेढ करोड रुपैयाँसहित एकजना भारतीय पक्राउ
प्रकासित मिति : २०७७ पुस २०, सोमबार ११:४५
प्रकासित समय : ११:४५
काठमाडौं, नागढुंगाबाट करिब डेढ करोड रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
स्रोत नखुलेको उक्त रकम लिएर काठमाडौं प्रवेश गर्न लागेका भारतीयलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ।