६० अर्ब कर तिर्न एनसेललाई सरकारको ताकेता
काठमाण्डौ, सरकारले कम्पनीको स्वामित्व परिवर्तनबापत रु ६० अर्ब कर तिर्न ताकेता दिएको छ । सरकारले ताकेता दिएपछि मोवाइल सेवा संचालन गरिरहेको एनसेलले अदालतलाई गुहार्ने योजना बनाएको छ । त्यसको लागि अहिले आन्तरिक छलफल भैरहेको र केही दिनभित्रै अदालतमा मुद्धा दायर गर्ने गरिने एनसेलका अधिकारीहरुले जानकारी दिएका छन् ।
पाँच वर्षअघि २०७२ मा एनसेलमा रहेको ८० प्रतिशत स्वामित्व टेलियासोनेराले आजियटालाई विक्री गरेको थियो । त्यसक्रममा रु १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख पुँजीगत लाभ गरेको आधारमा कर निर्धारण गरिएको थियो । त्यसविरुद्ध लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेशनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट आईसीएसआईडीमा एनसेलले दायर गरेको मुद्धा अझै पनि विचाराधीन अबस्थामा रहेको छ ।
यही बेला ठूला करदाता कार्यालयले फेरि उक्त कर तिर्न ताकेता गरेपछि त्यसको विरुद्ध अदालतमा जान वाध्य हुन लागेको एनसेलका अधिकारीहरुको भनाइ रहेको छ ।