क्यान्सर पिडित र प्यारलाईस् पिडितलाई आर्थीक सहयोग हस्तान्तरण

बाँके, जिल्लाको कोहलपुर नगरपालिका वडा नं ०५ निवासी क्यान्सरको बिरामी बाबुराम चन्द ठकुरीको आर्थीक स्थिति नाजुक भएका कारण औषधी उपचार हुन नसक्दा घरको बन्द कोठामा मृत्युसँग लडिरहेको समाचार कुसे न्युज डटकम बाट प्रशारण भयपछी ठकुरीलाई आर्थीक सहयोग संकलन भहिरहेको छ ।

ठकुरीको ज्यान बचाउ अभियानमा लाग्नुभयका बागेश्वरी यातायात प्रा लि का दुर्घटना सदस्य तथा नगर बस संचालन उप-समितिका संयोजक नेपालगन्ज राँझा यएरपोर्ट निवासी धन बहादुर थापा मार्फत क्यान्सर पिडित ठकुरीको नाममा संकलन गरिएको आर्थीक रकम, उन्नसय हजार छ सय असी रूपयाँ पिडित परिवारलाई थापाले हस्तान्तरण गरेका छन् ।

त्यस्तै अर्का प्यारलाईस् पिडित दिपसन यातायातका कर्मचारी बैजानाथ ०२ निवासी नौबस्ता मकैबारिका दिल बहादुर थापा मगरको पनि घरको आर्थीक अवस्था नाजुक भएका कारण उपचार हुन नसक्दा धन बहादुर थापाको पहलमा उपचारका लागी आर्थीक सहयोग संकलन गरिएको थियो । उक्त संकलन रकम रु ७३,८९५ प्यारलाईस् पिडितलाई थापाले हस्तान्तरण गरेका थिए ।

सहयोगी भावना राख्ने धन बहादुर थापा निरन्तर सामाजिक सेवामा सकृय हुदै आएका छन्। उनले भने दुखी पिडितको सेवानै धर्म हो हामीले दुखी पिडितलाई जति सक्छौ उति सहयोग गर्नुपर्छ । सानो सहयोगले पनि दुखी पिडितहरूलाई ठुलो सहयोग मिल्दछ भन्दै क्यान्सर पिडित र प्यारलाईस् पिडितको सिग्र स्वास्थ्यको कामना गर्दै उनिहरुको उपचारका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिदै आगमी दिनहरूमा सहयोगको अपेक्षा राख्दै क्यान्सर पिडित र प्यारलाईस् पिडितका उपचारमा थप रकम लाग्ने हुदा सामाजिक संघ संस्था लगायत सहयोगी मनकारिहरू प्रति सहयोगको अपिल समेत गरेका छन्। पिडित धन बहादुर थापाको सहयोगका लागि सम्पर्क मोबाइल नम्बर ९८४८०४३२०५ नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।