प्रचण्ड पत्नी सितालाई थप उपचारका लागि भारत लैजाँदै

काठमाडौँ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत लैजादैँ छन् । 

भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिरहेकी सिताको स्वास्थ्य थप जटिल बन्दै गएपछि थप उपचारको लागि आज अध्यक्ष प्रचण्डको साथमाछोरी गंगा दाहाल पनि मुम्बई जान लागेका हुन् ।

उनीहरुको बिहान ११ बजेको उडान रहेको छ । त्यहाँ उनको न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने स्रोतले जनाएको छ ।पुत्र वियोगमा विचलित भइरहेकी सीता जीवनभर निको नहुने रोगबाट पीडित छिन् । सितालाई यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।