चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका
एजेन्सी, चिनियाँ अर्बपति ज्याकमा हराएको आशंका गरिएको छ । दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उच्च प्रोफाइलका व्यवसायी मा हराएको आशंका गरिएको हो । समाचारका अनुसार अलिबाबाका संस्थापकसमेत रहेका ज्याक अफ्रिका बिजनेस हिरोज र नोभेम्बरमा भएको ट्यालेन्ट सोको फाइनललगायतका उपस्थित भएका थिएनन् ।
ट्यालेन्ट सोमा अलिबाबाका अर्का अधिकारी उक्त सोमा निर्णायक भएका थिए। अच्चमको कुरा छ भने ज्याकको तस्बिर वेबसाइटबाट समेत हटाइएको छ ।कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।
उनी पछिल्लो समय चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गर्दै आएका थिए ।फाइनान्सियल टाइम्सका अनुसार ज्याक माको विशाल व्यापार समूह एन्टु चिनियाँ सरकारको नियन्त्रणमा छ, अक्टोबर २४ मा जब चीनको नियामक प्रणालीलाई रोक्न खोजेका थिए।