नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस १९, आईतवार १६:३७
प्रकासित समय : १६:३७
काठमाडौँ, नेपालमा थप ४२१ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ७८ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार ४८५ रहेको छ ।