कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने
प्रकासित मिति : २०७७ पुस १९, आईतवार १५:५४
प्रकासित समय : १५:५४
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको तयारी गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभरका सबै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागि एक नेताका अनुसार पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा संसद विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ ।