कुलमानले होइन मैले लोडसेडिङ मुक्त गरेको हुँः मन्त्री रायमाझी
अर्घाखाँची, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आफैँले गर्दा ऊर्जा क्षेत्रमा देशले ठूलो फड्को मारेको बताएका छन् । यसअघि आफू उर्जामन्त्री भएको बेला उर्जा क्षेत्रले ठुलो फड्को मारेको उनको दाबी रहेको छ ।
गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले आफ्नो पालामा देश लोडसेडिङ मुक्त बनाउने आधार तयार गरेको बताएका हुन् ।कुलमान घिसिङका कारण देश लोडसेडिङ मुक्त भएको होइन, मैले मेरो पालामा लोडसेडिङ मुक्त गर्ने आधार बनाएपछि देश लोडसेडिङ्ग मुक्त भयो ।
घिसिङलाई आफूले विद्युत प्राधिकरणमा ल्याएको दावी गर्दै उनले भने, कुलमानजीलाई प्राधिकरणमा मैले ल्याएको हुँ, मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो।’आफ्नै पालामा थुप्रै जलविद्युत आयोजनाहरु सम्पन्न भएको उनले बताए ।