कांग्रेस नेता शेखर कोइरालालाई भ्रातृशोक
प्रकासित मिति : २०७७ पुस १९, आईतवार १४:५७
प्रकासित समय : १४:५७
काठमाडौं, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाका सहोदर दाजु निरञ्जन कोइरालाको निधन भएको छ। कोइरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
उनी भारतको नयाँदिल्ली स्थित म्याक्स अस्पतालमा एक महिनादेखि उपचाररत थिए।नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका कोइरालाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको शेखर कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्।
केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन्।डा शेखर कोइरालाले लेखेका छन मेरा आदरणीय दाजु निरु दा आज बिहान नयाँदिल्लीमा भएको निधनले म मेरो परिवार र भतिजाहरू मर्माहत भएका छौँ। निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा शेखर दाजुलाई भेट्न केही अघि नयाँदिल्ली पुगेका थिए।