मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत
प्रकासित मिति : २०७७ पुस १९, आईतवार १२:२५
प्रकासित समय : १२:२५
वाग्मती, मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिएका छन् ।
अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टी जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।