उपत्यकामा पेस्तोल देखाएर लुटपाटको प्रयास
प्रकासित मिति : २०७७ पुस १९, आईतवार ११:२६
प्रकासित समय : ११:२६
काठमाडौँ, कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।
आइतबार बिहान एक अपरिचित व्यक्तिले सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका हाल भक्तपुरको राधेराधेमा बस्ने २५ वर्षीय युवराज आले मगरलाई पेस्तोल देखाएर लुटपाटको प्रयास गरेका हुन् ।
तर, युवराजको प्रतिवाद र केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरेपछि ती व्यक्ति फरार भएका हुन् ।प्रहरी स्रोतका अनुसार एउटा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको छ । घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।