बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध

बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध लगाईएको छ ।शनिवार बर्दिया रष्ट्रिय निकुञ्ज प्रशासनले सुचना जारी गर्दै बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म निकुञ्ज भित्रको सडकमा पैदल यात्रा तथा दुई पाङ्ग्रे सवारीसाधन साईकल र मोटरसाईकलमा यात्रा गर्नमा रोक लगाएको हो।

केही समय देखी निकुञ्ज क्षेत्रमा पाटेबाघको चहलपहल बढी रहेको र गएराती बाघको आक्रमणबाट मोटरसाईकलमा सवार एकजनाको महिलाको मृत्यु भएको कारण जनाउँदै निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्र भित्र पर्ने पुर्व-पश्चिम राजमार्ग अन्तर्गत अम्रेनी-कर्णाली चिसापानी सडक खण्डमा पैदल यात्रा तथा दुई पाङ्ग्रे सवारीसाधनमा रातको समयमा यात्रा गर्न रोक लगाएको हो ।