हातेमालो सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

अछाम, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनायकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको उक्त्त कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनुभएको थियाे । पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले ब्यानर वाचन र मैनबत्ति प्रज्वलन गरेर कार्यक्रमको समउद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रअन्तर्गतका प्रतिवेदन प्रस्तुत गरिएको छ । जसमा लेखा तथा सुपरिवेक्षण समिति संयोजक भरतराज अधिकारीले आर्थिक वर्ष ०७६/०७७ को लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाका कोषाध्यक्ष सुनसरा तिमिल्सैनाले संस्थाको आर्थिक वर्ष ०७६/०७७ को अनुमानित आयब्याय प्रस्तुत गर्नभएको थियो ।

आर्थिक वर्ष ०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन संस्थाका उपाध्यक्ष दिपेन्द्र बहादुर धामिले प्रस्तुत गर्नभएको थियो भने आर्थिक वर्ष ०७६/०७७ को क्रण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका सदस्य तिर्थराज न्यौपानेले प्रस्तुत गर्नभएको थियो । आर्थिक वर्ष ०७६/०७७ को अन्तिम लेखा परिक्षण प्रतिवेदन हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक नरेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गर्नभएको थियो । पेश गरिका प्रतिवेदन माथि खुल्ला छलफल भएकाे थियाे ।

कार्यक्रमका विशिष्ट अतिथिमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद भण्डारी, नगर उपप्रमुख अम्बिका चलाउने अन्य अतिथिमा नगरभित्रका १ देखि ९ नं वडाका सम्पुर्ण वडाध्यक्षहरु, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा कार्यलय सचिव नमराज न्यौपाने, संस्थाका शेयर सदस्यहरु, नेपाली कांग्रेस वडा नं २ का वडा सभापति महारुप धामी, समाजवादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य पदमराज देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष रण बहादुर शाही, पञ्चदेवल विनायक नगरपालिका कार्यपालिका सदस्य अम्बकला भुल, नगर सभाका सदस्यहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

संचालक समितिका उपाध्यक्ष दिपेन्द्र बहादुर धामीको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभाको संचालन संस्थाका सचिव हंशराज अधिकारीले गर्नभएको थियो । जिल्लाकाे ३८ उत्कृष्ट सहकारी मध्य हातेमालाे वचत तथा ऋण सहकारी संस्था जिल्ला सहकारी संघ मार्फत सम्मानित भएमाे थियाे ।