ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरीले सर्वसाधारण पिडामा
अछाम, ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिँह बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन् । ढकारी प्रहरी चौकीमा इन्चार्जको रुपमा कार्यरत सहायक इन्सपेक्टर लाल सिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो सुनिएको छ ।

अछामको ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिँह बिष्ट
इन्चार्ज बिष्ट ड्यूटीमा गाउँतिर जादा जनताहरु सुरक्षा भन्दा असुरक्षाको महसुस गर्न थालेको ढकारी गाउँपालिका २ का प्रकाश बहादुर साउँदले बताए । गाउँजादा सर्वसाधारणबाट दादागिरी शैलीमा सोझा साझा नागरिकहरु र महिलाहरुबाट पैसा, कुखुरा असुल्ने गरेको साउँदले बताए ।
गाउँपालिकाले निषेध गरेको कमशल कालका मदिरा नियन्त्रणको निउमा गाउँमाजाने इन्चार्ज लालसिँहबिष्टले सोझा महिला तथा बृद्धाहरुबाट थर्काएर पैसा, घरमा पालेका कुखुरा जवरजस्ती उठाएर हिड्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।
इन्चार्ज बिष्टले ढकारी गाउँपालिका वडा नं ४ का नरुदेवि बुढाको पसलमा श्रीमान नभएको बेलामा खल्तीमा राखेको पैसा जवरजस्ती हात हालेर लिएको पिडित नरुदेवि बुढाले बताएकी छन् । आफूलाई दम्काएर जवरजस्ती खल्तीमा रहेको पैसा लिएर गएको बताईन् । त्यस्तै ढकारी गाउँपालिका ५ का बिरु बुढालाई बिनाकारण धम्काएर घरमा भएको लोकल भाले लिएको बताए।
उता प्रहरी चौकी ढकारीका इन्चार्ज बिष्टले नरुदेबि बुढाको खल्तीबाट पैसा झिकेर लिएको स्वीकार गरेका छन् । साथै आफुले गल्ती गरेको र माफि माग्न तयार रहेको बताएका छन् । समाजमा शान्ति शुरक्षा कायम गर्नुपर्ने मुख्य दायित्व रहेको नेपाल प्रहरीबाटै यस्ता कार्यहरु हुदा आम जनसमुदायमा प्रहरी प्रतिको धारणा र बिश्वसनीयता रहिरहला भन्न सकिने अवस्था छैन ।