कारको ठक्करबाट बाघको ज्यान गयो
प्रकासित मिति : २०७७ पुस १८, शनिबार १२:५६
प्रकासित समय : १२:५६
काठमाडौँ, पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।
शनिबार बिहान हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट जंगलबाट राजमार्ग छिचोल्दै गरेको वयस्क पाटे बाघको घटनास्थलमै मृत्यु भएको हो ।
कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिई पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । हाल मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । बाघलाई पनि राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ ।