ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने
काठमाडौँ, नेकपाको संस्थापन पक्ष प्रचण्ड-माधवले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने स्रोतले बताएको छ । पत्रकार सम्मेलनअघि आन्दोलनका कार्यक्रमबारे छलफल गर्न नेताहरुको बैठक बस्नेछ ।
सअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको संस्थापन पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ। यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन भैसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव ९वैशाख १७ र २७० घोषणा गरेपछि नेकपा औपचारिक रूपमै विभाजन भएको छ ।