नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५३ हजार १०७ स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ