बालुवाटार जग्गा प्रकरणः प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा

काठमाडौं, बालुवाटार जग्गा अपचलन प्रकरणमा सरकारी जग्गा आफ्नो नाममा पार्न लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा बिहिबार थुनछेक बहस भएको थियो ।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ढकाल्नीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ । ढकाल्नी बालुवाटार जग्गा अपचलन प्रकरणका प्रमुख अभियुक्त डा शोभाकान्त ढकालकी पत्नी हुन् ।