विद्युत प्रसारणमा अवरोध भएको हो लोडसेडिङ हैन

काठमाडौं, पछिल्ला दिनहरुमा विभिन्न सञ्चारमाध्यममा बत्ती झ्याप्प झ्याप्प गइरहेको अघोषित लोडसेडिङ शुरु भएको विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको समाचारप्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको छ ।

बिहिबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले एक विज्ञप्ती जारी गर्दै भारबहन प्रणालीमा क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय सेवा अवरुद्ध भएको बताएका छन् । साथै, विगत ३ वर्षदेखि लोडसेडिङ अन्त्य भएको बताइएको छ ।

राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन । तथापी त्यस्तो अवरोध न्युनीकरण र निकारण गर्न सक्षम छ र सदैव प्रयासरत छ ।

जारी विज्ञप्तीमा भनिएको छ ।साथै, पुष १३ र १४ गते विद्युत प्रणालीमा प्राविधिक समस्या आएको कारण सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।