लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल प्रक्राउ

लुम्बिनी, लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल प्रक्राउ परेका छन् । उनले उखु किसानको १७ करोड बक्यौता तिर्न बाँकी छ । त्यस रकममध्ये अग्रवालले अहिलेसम्म बैंकमा तीन करोड जम्मा गरेको प्रहरीले जनाएको छ ।

 महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार मनोज अग्रवालकी भाउजू सुशीला अग्रवालको नाम रहेको लुम्बिनी चिनी उद्योगको कारोबार मनोजले गर्दै आएका छन् ।  

उद्योगबाट करिब ९० करोड बक्यौता उठाउन नसकेपछि उखु किसान काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनकै क्रममा एक किसानको हृदयाघातबाट निधन भएको छ ।